सुगर रोगबाट पिडितलाई खुसीको खबर ! यसरी प्राकृतिक जटिबुटी बाटै केही दिनमै चट पार्ने काईदाको टिप्स सहित बिधिबारे जानकारी लिनुहोस

स्वास्थ्य/ जीबन शैली
Advertisement

सुगर रोगबाट पिडितलाई खुसीको खबर ! यसरी प्राकृतिक जटिबुटी बाटै केही दिनमै चट पार्ने काईदाको टिप्स सहित बिधिबारे जानकारी लिनुहोस

सुगर रोगबाट पिडितलाई खुसीको खबर ! यसरी प्राकृतिक जटिबुटी बाटै केही दिनमै चट पार्ने काईदाको टिप्स सहित बिधिबारे जानकारी लिनुहोस … हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।

बद्लिदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहको रोगी बढ्दो छ । हुन त मधुमेहबाट छुटकारा पाउनका लागि एलोपेथिक औषधी एवं उपचार विधी छ । त्यस्ता उपचार र औषधीले मधुमेह नियन्त्रण त हुन्छ, निर्मूल भने हुँदैन ।

जबकी आर्युवेदिक औषधी एवं प्राकृतिक विधी अपनाएर मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

मधुहेको लेभल कति हुनुपर्छ ?

– बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलिग्राम छ भने यसलाई सामान्य ब्लड सुगर लेभल भनिन्छ ।

– खाना खाएको २ घण्टापछि जाँच गर्दा ब्लड सुगर लेभल १ सय १० देखि १ सय ४० सामान्य हो । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन । किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । जब सुगर लेभल २ सयदेखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।

– ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो ।

– यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।

मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधी

मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या भएकाले यसको निदान पनि सोहि अनुसार खोज्नुपर्छ । खासगरी स्वस्थ्य खानपान, सक्रिय दिनचर्यासँगै नराम्रो आनीबानी हटाउनुपर्छ । यसका साथै अन्य केहि घरेलु विधी छन्, जो निकै प्रभावकारी हुन सक्छ ।

१. तीनदेखि चार हरियो प्याज जरैसँग लिने । त्यसलाई राम्ररी धुने । अब उक्त प्याजलाई दुई लिटर पानीमा भिजाएर रातभर राख्ने । बिहान पानी पिउने । यो पानी एकै पटक पिउनु हुँदैन । दिनभरमा जतिबेला तिर्खा लाग्छ, थोरै थोरै पिउनुपर्छ । १ महिना निरन्तर यो विधी अपनाउनुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।

२. अमला, करेला, नीम, मेथी दाना र घिउमुकारीले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ । करेलामा भिटामिन ए, बि-१, बि- २, सि हुन्छ । यी पोषक तत्वले रगतमा सुगर र पिसाबको सुगर कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हरेक दिन एक गिलास करेलाको जुस पिउनैपर्छ ।

३. आँपको ताजा पात सुकाउने । त्यसलाई पिसेर पाउडर बनाउने । अब खाली पेटमा एक चम्चा यो पाउडर पानीसँग पिउनुपर्छ ।

४. आँपको ताजा पातलाई रातभरी पानीमा भिजाउने । बिहान त्यसलाई उमालेर खाली पेटमा पिउनुपर्छ ।

५. मेथी दाना १ सय ग्राम, तेजपत्ता १ सय ग्राम, बेल पत्रको पात २ सय ५० ग्राम । यी सबैलाई सुकाएर पिस्ने । बिहान खाली पेटमा उक्त धुलो एक चम्चा जति खानुपर्छ ।

योग

– मधुमेहलाई जरैबाट हटाउनका लागि योग पनि एकदमै प्रभावकारी हुन्छ । बाबा रामदेवका अनुसार प्रतिदिन १५ देखि २० मिनेटसम्म कपालभाति प्राणायाम, अनुलोम-विलोम, मन्डुकासन गर्नुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।

यी कुरा त्यागौं

– तनाव, गलत जीवनशैली, मोटोपन, निस्त्रिmयता, अनिन्द्रा त्याग्नुपर्छ । किनभने यी सबै मधुमेहको कारण हुन् ।

– मधुमेहबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउने र आफ्नो दिनचर्यामा योग एवं व्यायामलाई सामेल गर्ने ।

बेलः-
बेलको सेवन गर्नाले थुप्रै रोगहरुबाट मुक्ती पाउन सकिन्छ । ति मध्य केही यस्ता छन:- झाडापखाला, अपच, डाइबेटिज, क्यान्सर, आँखाको इन्फेक्सन, घमौरा, ज्वरो आदी ईत्यादी ।

यहाँ हामी मधुमेहका बारे चर्चा गर्न गईरहेका छौं । मधुमेह अर्थात बोलिचालीको भाषामा ‘सुगर’ शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने रोग हो । यो रोग लागेपछी यो खाने, त्यो नखाने भन्ने कुरोले सधैं मनमा जरो गाडीरहन्छ। चिन्ता नगरेर पनि भएन, रोग हो ज्यानै लिन पनि सक्छ ।

तर अब यी र यस्ता चिन्तामुक्त हुनुहोस् । अब घरमा नै सजिलैसँग आफ्नो सुगर रोग ठिक पार्ने औषधी सेवन गर्नुहोस्, त्यो पनि आँफैले बनाएर । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ ।
यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ।
त्यसपछि ३ या ४ कालो मरिचको दानालाई धुलो हुने गरी पिसेर, पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् ।
यसप्रकारले बेलको पात पिसेर पिउँनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुन सक्नुहुनेछ ।
त्यसैगरी बेलपत्रलाई अन्य तरिकाले प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ। तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानीसँग मिश्रण गरि सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउँनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ ।

पसिनाबाट पनि मधुमेह भए नभएको थाहाँ पाउन सकिने !

वैज्ञानिकहरूले हाम्रो शरीरको पसिनासहितको छालाको विश्लेषणबाट ब्लड सुगर (मधुमेह) को मात्रा पत्ता लगाउने सेन्सर विकास गरेका छन्।

ब्लड सुगरको मात्रा पत्ता लगाउन थोरै पसिना भए पुग्छ। दक्षिण कोरियाली वैज्ञानिकको एउटा समूहले ब्लड सुगरको मात्रा पत्ता लगाउन सेन्सर प्रभावकारी भएको प्रमाणित गरेका हुन्। यसबाट मधुमेह पीडितलाई सहयोग पुग्ने वैज्ञानिकहरुको विश्वास छ। यो सेन्सरलाई एउटा ‘प्याच’ले सानो सुइसँग जोडिएको छ। यसले मधुमेहको औषधि शरीरमा आपूर्ति गरिदिन्छ।

सोल विश्वविद्यालयको वैज्ञानिक समूह मधुमेहका बिरामीलाई परीक्षणका लागि रगत संकलन गर्नबाट छुटकारा दिलाउन चाहन्थ्यो। मधुमेह दुई प्रकारको हुन्छन् । एउटा, अनियमित खानपान र जीवनशैलीका कारण ब्लड सुगरको मात्रा नियन्त्रण गर्ने शारीरिक क्षमता ह्रास भएर हुन्छ। र अर्को प्रकारको मधुमेह भने, हाम्रो शरीरको रोग प्रतिरोध क्षमताले नै ब्लड सुगर नियन्त्रण गर्ने अंग निस्क्रिय बनाइदिन्छ।

दुवै प्रकारका मधुमेहमा बिरामीको रगतमा चिनीको मात्रा (ब्लड सुगर लेभल) लाई औषधिले नियन्त्रण गरी निश्चित स्तरमा राखिन्छ। यसमा लापरबाही वा बेवास्ता गरिए बिरामीको मृत्युसमेत हुनसक्छ।

यो सेन्सर निकै लचकदार भएकाले सजिलै छालामा राख्न सकिन्छ। तर, वैज्ञानिक समूहले यसलाई व्यावसायिक उपयोगमा ल्याउन अझै चुनौती बाँकी रहेको बाँकी छ।

किनभने रगतमा जति मात्रामा चिनी हुन्छ, त्यसको तुलनामा पसिनामा चिनीको मात्रा निकै थोरै हुन्छ। यस्तोमा पसिनाबाट रगतमा चिनीको मात्रा पत्ता लगाउन सजिलो हुँदैन। त्यसमाथि पसिनामा अनेकौं केमिकल्स पनि हुन्छन्। ती केमिकलमा ‘ल्याक्टिक एसिड’ पनि हुन्छ, जसले चिनीको मात्रा निर्धारणमा प्रभाव पार्छ। यो

प्याचमा तीन वटा सेन्सर छन्, जसले रगतमा चिनीको मात्रा पत्ता लगाउँछन्। पसिनाको एसिडिटी परीक्षण र पसिनाको स्तर पत्ता लगाउन ह्युमिडिटी सेन्सरको प्रयोग गरिन्छ। सबै सेन्सरलाई पसिना निस्कने छालामा लगाइन्छ। सबैले पसिना सोस्छन्। यो सबै प्रक्रियामा सेन्सर जोडिएको पोर्टेबल कम्प्युटरमा जानकारी संकलन हुन्छ र रगतमा चिनीको मात्रा निर्धारण हुन्छ।

मधुमेहका बिरामीले यसरी कसरत गर्ने !

मधुमेह रोगको प्रमुख विशेषता नै मानिसको रगतमा ग्लुकोज (सुगर) को मात्रा खाना खानुअघि या खाएपछि वा दुवै अवस्थामा तोकिएको मात्रा भन्दा बढी देखिनु हो। मानिसको शरीरमा प्याङक्रियाज भन्ने ग्रन्थी हुन्छ, जसले इन्सुलिन होर्मोन उत्पादन गर्छ। इन्सुलिनको मुख्य काम भने रगतमा भएको अधिक ग्लुकोजलाई मांशपेशी वा कलेजोभित्र पठाउनु हो। मधुमेह रोगमा सो ग्रन्थीबाट कम मात्रामा इन्सुलिन होर्मोन निस्किन्छ अथवा इन्सुलिन होर्मोनको कार्यक्षमतामा नै कमी आउँछ, जसको कारण सुगरको मात्रा रगतमा बढी हुन जान्छ।

‘५ सय एमजीको मेटफर्मिन चक्की दिनमा दुई पटक गरी एक महिनासम्म खानुहोस्’ भन्ने वाक्यांश मधुमेहका बिरामीका लागि नौलो नहोला। तर, ‘कसरतका लागि बिहान सधैं आधा घन्टा हिँड्नुहोस्’ भन्दा केही सूचना अपुग भएको भान हुन्छ। ‘के आधा घन्टा हिँडेर मलाई चाँहिदो फाइदा हुन्छ त? अथवा म कतिसम्म छिटो हिँड्नु पर्ने होला, या हिँड्नुसँगै अरु केही गर्नुपर्छ कि? हिँड्नु बाहेक अरु केही उपाय छ त?’ यस्ता थुप्रै कौतुहलता मधुमेहका बिरामीमा हुन सक्छ। मधुमेहका बिरामीले व्यायाम गर्नुपर्छ भन्ने कुरासम्म बुझेका हुन सक्छन् तर कति र कस्तो व्यायाम गर्ने भन्ने धेरैलाई थाह नहुन सक्छ।

एरोबिक कसरत के हो?

एरोबिक कसरत यस्तो शारिरीक गतिविधि हो जसले मुटुको धड्कनको साथै स्वासको गतिलाई पनि बढाउँछ र शरीरका विभिन्न मांशपेशीलाई सक्रिय बनाउँछ। लम्किँदै हिँड्नु, दगुर्नु, उकालो हिँड्नु, नाच्नु, उफ्रनु, पौडिनु, साइकल चलाउनु आदि एरोबिक कसरत हुन्। यसैगरी नेपालको परिपेक्षमा बारी वा खेतमा काम गर्नु, पँधेरोबाट पानी बोकेर ल्याउनु, गाउँघरमा उकालो-ओरालो हिँड्नु, नदीमा डुंगा खियाउनुजस्ता दैनिक काम पनि एरोबिक कसरतभित्रै पर्छन्।

एरोबिक कसरतको तह

एरोबिक कसरतको तहले हामीले गर्ने कसरतको सजिलोपना वा गाह्रोपनालाई दर्शाउँछ। अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनका अनुसार एरोबिक कसरतका पाँच तह छन्। यसलाई मुटुको धड्कनको गति अथवा नाडीको गति अनुसार विभाजित गरिन्छ। मानौं, एक मधुमेह रोग लागेको महिला ५० वर्षको हुनुहुन्छ र उहाँ आरामसहित मेचमा बस्दा उहाँको मुटु प्रतिमिनेट ७० को दरले धड्किरहेको छ। अब उहाँका निम्न ५ तहको एरोबिक कसरत गर्दा उहाँको धड्कनको गति तल दिइएका दायराभित्र पर्न जान्छ:

१. अत्यन्तै सजिलो तह : मुटुको धड्कन प्रतिमिनेट कम्तिमा ७९ – ८७ सम्म हुन्छ।

२. सजिलो तह : ८८ – १०६

३. मध्यम तह : १०७ – १२४

४. कठिन तह : १२५ – १४७

५. अत्यन्तै कठिन तह : १४७ भन्दा माथि

बुझिने गरी भन्नुपर्दा ती महिला लम्केर हिँड्दा यदि उहाँको मुटु १०७ प्रतिमिनेटका दरले धड्किरहेको छ भने उहाँले मध्यम तहको एरोबिक कसरत गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। तर, यी तहहरु हरेक व्यक्तिका लागि फरक-फरक हुन्छ। हरेक मानिसको मुटु एउटै गतिले धड्किँदैन र उमेर अनुसार धड्कनको गति पनि फरक हुन्छ।

मधुमेहका बिरामीका लागि एरोबिक कसरतका फाइदा

१. कसरत गरिरहेको समयमै मांसपेशीभित्र ग्लुकोज (सुगर) को प्रबाह बढी हुन्छ, जसले गर्दा रगतमा अत्यधिक ग्लुकोजको मात्रा कम हुन जान्छ।

२. एरोबिक कसरतले इन्सुलिन हर्मोनलाई २ – ७२ घण्टासम्म अझै प्रभावशाली बनाउँछ।

३. यी माथिका कारणले गर्दा रगतमा प्रायःजसो सुगरको मात्रा कम भइरहने हुनाले चिकित्सकको सल्लाह अनुसार केही समयपछि औषधिको मात्रा पनि घटाउन सकिन्छ।

४. मुटुको कार्य अझै प्रभावशाली बनाउँछ र मधुमेहका बिरामीलाई मुटुरोग हुनदेखि जोगाउँछ।

५. उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ र मोटोपना बढ्नबाट पनि रोक्छ।

यी सबै फाइदा पाउन मधुमेह बिरामीले कति कसरत गर्नुपर्छ?

अमेरिकन डाइबेटिज संघ र अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिन अनुसार कुनै पनि एरोबिक कसरतबाट फाइदा पाउन मधुमेह बिरामीहरुले मध्यम तहको एरोबिक कसरत हप्ताको कम्तिमा १ सय ५० मिनेटजति गर्नेपर्छ। अर्थात् कसैले हप्तामा ५ दिन गर्नुभयो भने हरेक दिन ३० मिनेटसम्म कसरत गर्नुपर्छ। २ दिन लगातार कसरत छुटाउनु हुँदैन।

कुनै पनि एरोबिक कसरत गर्दा मुटु प्रतिमिनेट कम्तिमा १०७ वा बढीमा १२४ का दरले धड्किनुपर्छ। यही धड्कनको गतिमा सकेसम्म लगातार वा नसके बीचबीचमा आराम गरेर भए पनि जम्मा ३० मिनेटसम्म कसरतलाई कायम राख्नुपर्छ र सातामा ५ दिन कसरत गर्नुपर्छ।

यसरी मधुमेह बिरामीका लागि औषधिको मात्रा दिएझैं एरोबिक कसरतको पनि सही मात्रा लिखित रुपमै दिन सकिन्छ, जसले गर्दा बिरामीलाई कसरत गर्दा कुनै प्रकारको भ्रम र निराशा हुँदैन।

ध्यान दिनुपर्ने कुरा

१. मुटुको धड्कन र नाडीको चाल समान हो। नाडीको गतिलाई आफैंले नाडी छामेर नाप्न सकिन्छ। आजकल बजारमा स्मार्ट/फिट्नेस घडीहरु पनि पाइन्छन्। जसले मुटुको गति सजिलै देखाउँछ।

२. एरोबिक कसरतले प्रकार-१ भन्दा पनि प्रकार-२ मधुमेह रोगीलाई फाइदा पुर्‍याउँछ।

३. मधुमेह बिरामीले सुरुमै मध्यम तहको एरोबिक कसरत गर्नु हुँदैन तर अत्यन्त सजिलो तहबाट कसरत सुरु गर्नुपर्छ र अवधि पनि ५ देखि १० मिनेट मात्रै राख्नुपर्छ। हरेक हप्ता आफूले सकेसम्म कसरतको तह र अवधि दुवै बढाउँदै जानुपर्छ।

४. एरोबिक कसरतको तह हरेक मानिसका लागि फरक हुने भएकाले चिकित्सक वा फिजियोथेरापिस्टको निगरानीमा वैज्ञानिक तरिकाले मात्र ठिक तह पत्ता लगाएर कसरत सुरु गर्नुपर्छ। यो तरिकालाई ‘कसरत तोकिदिने विधि’ भनिन्छ। यसो गर्नाले मधुमेह बिरामीका लागि एरोबिक कसरत प्रभावकारी मात्र नभई सुरक्षित पनि साबित हुन्छ।

५. प्रभावकारी रुपमै इन्सुलिनले रगतमा सुगर घटाउने भएकाले इन्सुलिन इन्जेक्सन लिने बिरामीले फिजियोथेरापिस्टको निगरानीमै केही समय कसरत गर्नुपर्छ।

६. उच्च रक्तचाप कम गर्न लिइने ‘बिटा ब्लकर’ समूहका ‘अटेनोलोल’, ‘मेटोप्रोलोल’जस्ता औषधिले एरोबिक कसरत गरे पनि मुटुको धड्कन बढ्नबाट केही हदसम्म रोक्छ। त्यसकारण एरोबिक तहको यो पद्द्ति यी बिरामीमा लागू हुँदैन। उनीहरुका निम्ति स्वासको गति र थकाइबाट एरोबिक कसरतको तह निश्चित गर्न सकिन्छ।

Advertisement